Comments Add Comment

जेपी गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने फैसला पुनरावलोकन हुने

९ असोज, काठमाडौं । पूर्वमन्त्री जेपी गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने भएको छ ।

Jp-Guptaन्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले पैसला पुनरावलोकनका लागि दिएको निवेदनले दर्ता गर्न आदेश दिएको छ ।

गुप्ताले जेलमा हुँदा नै पुनराबलोकन गर्न निवेदन दिएका थिए । सर्वोच्चले उनलाई २०६८ फागुन १० गते भ्रष्टाचारी ठहर गरेको थियो ।

फैसला सुनाउँदा अदालत परिसरमै रहेका उनी सर्वोच्चबाट नै जेल चलान भएका थिए । गुप्ताले डेढ वर्ष कैद भुक्तान गरिसकेका छन् ।

विशेष अदालतले हद म्यादको कारण देखाउँदै उनलाई सफाइ दिएको थियो । तर, सर्वोच्चले फैसला उल्टाउँदै दोषी ठहर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment