Comments Add Comment

सभासदलाई संविधान लेखनबारे नगरकोटमा एनजीओको तालिम

११ असोज, काठमाडौं । संविधान निर्माण प्रक्रियामा एनजीओ/आइएनजीओको भूमिकाको बेलाबेलामा चर्चा र आलोचना हुने गरेको छ । सभासदहरुले संविधानसभा बाहिर हुने कुनै पनि प्रक्रिया स्वीकार्य हुँदैन पनि भन्न पनि छाडेका छैनन् ।

फाइल फोटो
फाइल फोटो

तर, संविधानसभाभित्र प्रत्यक्ष अप्रत्यक्ष रुपमा एनजीओको चलचेख भने रोकिएको छैन ।

नेपाल ल सोसाइटी नामक एनजीओले संविधान मस्यौदा समितिका सभासदहरुलाई नगरकोटमा लगेर मस्यौदा लेखनबारे तालिम दिएको छ । यसअघि गत माघमा नेपाल कानुन समाजले संविधानसभा नियमावलीको मस्यौदा बनाएको सार्वजनिक भएपछि निकै आलोचना भएको थियो ।

सभासदहरुलाई तालिम तथा प्रशिक्षण दिन संविधानसभामा छुट्टै समिति नभएको भने होइन । संविधानसभामा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति छ । यसको काम भनेकै सभासदहरुलाई संविधान लेखनका क्रममा आवश्यक तालिमदेखि स्रोत व्यवस्थापन गर्ने हो ।
तर, संविधानसभाभित्रको समितिलाई पाखा लगाएर एनजीओले सभासदहरुलाई मस्यौदा लेखनसम्बन्धी तालिम दिएको हो ।

पूर्वसांसद सिद्धराज ओझाको निधनको शोकमा शुक्रबार सम्वाद समिति बाहेक सबै समितिका बैठक र संसदसमेत स्थगित भयो । तर, मस्यौदा समितिका माननीयहरु नगरकोटमा तालिम लिन जानुपर्ने भन्दै हतारिए ।

नगरकोटमा शुक्रबार दिउँसो सुरु भएको प्रशिक्षण शनिबार मध्याहृन सकिएको छ । प्रशिक्षण लिन मन्त्रिपरिषद्बाट मनोनित वरिष्ठ अभिवक्ता समेत रहेका राधेश्याम अधिकारी, अर्थ समितिका सभापति प्रकाश ज्वाला, कानुनी पृष्ठभूमि भएका रमेश लेखक पनि नगरकोट पुगेका थिए ।

प्रशिक्षण भने पूर्वसभासद खिमलाल देवकोटा, पुष्पा भुषाल, संविधानविद् तीर्थमान शाक्य, संविधानसभाका पूर्वकानुनी सल्लाहकार टेकप्रसाद ढुंगाना, पूर्वमन्त्री माधव घिमिरे र रवी शर्माले दिएका छन् ।

उनीहरुले संविधानका मूलभूत मान्यता, लेखन शैली, भाषा तथा मस्यौदाकारको भूमिकाबारे पढाएका छन् । ‘छलफल एकदमै उपलब्धीमूलक रहृयो’ नगरकोटबाट फकिँदै गरेका एक सभासदले टेलिफोनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment