Comments Add Comment

मोति दुगडको नवनेपाल निर्माण पार्टी एमालेमा विलय

१२ असोज, काठमाडौं । चर्चित औद्योगिक घराना दुगड ग्रुपका सन्चालक मोती दुगड नेतृत्वको नवनेपाल निर्माण पार्टी आइतवार नेकपा एमालेमा बिलय भएको छ ।moti-dhugad

पहिलो संविधानसभामा सद्भावना पार्टी आनन्दीदेवीबाट सभासद बनेका दुगड अध्यक्ष सरिता गिरीसँग विवाद भएपछि सो पार्टीबाट अलग भएका थिए ।

उनले दोस्रो संविधानसभा निर्वाचनमा नवनेपाल निर्माण पार्टी गठन गरेर सहभागिता जनाए पनि सफलता पाउन सकेनन् ।

दुगड सहित करीव दुई दर्जन उद्योगी व्यवसायीहरु एमाले मुख्यालय बल्खुमा विशेष समारोहका बीच एमाले प्रवेश गरेका छन् । दुगडले सोही समारोहबाट नवनेपाल निर्माण पार्टी एमालेमा बिलय भएको घोषणा गरे ।

दुगड सहितका राष्ट्रिय औद्योगिक घरानाका व्यवसायीहरुलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी सदस्यता दिएका छन् ।

दुगडले आफू कुनै पदको लोभले नभई एमालेको सिद्दान्त र उद्योगमैत्री नीतिबाट प्रभावित भएर पार्टी बिलय गराउदै एमाले प्रवेश गरेको बताएका छन् ।

एमाले नेपाली लोकतान्त्रिक आन्दोलनको अगुवा दस्ता भएको भन्दै दुगडले बन्द हड्ताल नगर्ने चुनावी घोषणापत्रलाइ एमालेले व्यवहारमा कार्यन्वयन गरेकाले उद्योगी व्यवसायीहरु एमालेप्रति आकषिर्त भएको बताए ।

एमालेका युवा नेता महेश बस्नेत उद्योग मन्त्री भए लगत्तै उद्योग व्यवसायीहरुले उद्योगमैत्री व्यवहार अनुभव गरेको भन्दै उनले अब आफ्नो अनुभव एमालेमा बसेर लगानी गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment