Comments Add Comment

एनसेल मेलामा झुमे दर्शक

Ncell-Mela-4

१२ असोज, काठमाडौं । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग दशैंको शुभकामना तथा खुशीयाली साट्ने क्रममा शनिवार जावलाखेलमा मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला गरेको छ ।

बडादशैंको सु-अवसरमा देशका आठ प्रमुख शहरहरु विर्तामोड, विराटनगर, सिन्धुली बजार, बिरगञ्ज, नारायणगढ, दाङ तुलसीपुर र नेपालगंजमा हजारौं ग्राहक तथा शुभचिन्तकलाई मनोरञ्जन गराएपश्चात एनसेल मेला शनिवार जावलाखेलमा भएको हो ।

मेलामा रहेको मिनि गल्फ, रावणलाई मार, डार्ट, रिंग टस तथा पेपर टस लगायतका गेम स्टलहरुमा युवाहरुको घुइचो लागेको थियो । पिंग तथा चंगा चेट प्रतियोगितामा पनि उतिकै भिड थियो ।

वालवालिका तथा युवाहरु फेस पेन्टिङ गर्दै मेलामा फोटो स्टुडियोमा फोटो खिच्न मस्त देखिन्थे भने सपरिवार आएका आगन्तुकहरुले पनि विभिन्न स्टलहरुमा खेल खेल्दै मेलामा आनन्द लिएका थिए ।

Ncell-Mela-2

मेलामा मनोरञ्जनात्मक कार्यक्रमहरु सँगै शुभकामना तथा उपहारहरु आदान प्रदान गरिएको थियो । विभिन्न स्वादका परिकारहरु पस्किरहेका खानाका स्टलहरुले आगन्तुकलाई आकषिर्त गरेको थियो ।

मेलामा एनसेलका तर्फबाट रहेको स्टलहरुबाट आगन्तुकले एनसेलका सेवाहरुको जानकारी लिदै, सिम तथा रिचार्ज कार्डहरु खरिद गरेका थिए । गीत-संगितको प्रस्तुतीले मेलालाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

कन्सर्टमा गायक आस्था बिले प्रस्तुती दिंदा युवायुवतीहरुको उपस्थिती बढ्दै गएको थियो भनेसुगम पोखरेलको प्रस्तुतीमा दर्शकहरु झुम्दै नाचेका थिए । महोत्सवका आकर्षणमा रहेका गायकहरु  दिपक बज्राचार्य, मुक्ति एण्ड रिभाइभल, यम वुद्ध लगायतले आ-आफना चर्चित गीतहरु गाउदा दर्शकहरु पनि सँगसँग नाचेका थिए ।

Ncell-Mela Ncell-Mela-3 Ncell-Mela-5 Ncell-Mela-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment