+
+
Shares

भैरहवा-काठमाडौँ हवाई भाडादर घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १२ गते १२:०५

१२ असोज, भैरहवा । सरकारी स्वामित्वको नेपाल एअरलाइन्स र निजी क्षेत्रको बुद्ध एअरले भैरहवा-काठमाडाैं सेक्टरको हवाई भाडादर घटाएका छन् ।

दसैंको समयमा भैरहवाबाट काठमाडौँ जाने हवाईयात्रु निकै कम हुने भएपछि ती दुई एअरलाइन्सले काठमाडाैं सेक्टरको हवाई दर अधिक मात्रामा कटौती गरेNACको जनाएका छन् ।

नेपाल एअरलाइन्सले असोज ८ गतेदेखि विजया दशमीको दिनसम्मका लागि यो सेक्टरमा दुई हजार ५०० रुपैयाँ हवाई भाडा दर कायम गरेको नेपाल एअरलाइन्स भैरहवाका स्टेसन इन्चार्ज शंकरबहादुर केसीले बताए ।

नेपाल एअरलाइन्सले त्यसै पनि सबैभन्दा सस्तो हवाई भाडा दरमा यात्रुलाई सेवा दिइरहेकामा दसैंको समयमा यहाँबाट काठमाडाैं जाने यात्रुलाई अझ बढी सहयोग पुगोस् भनेर दुई हजार ५०० रुपैयाँ भाडा कायम गरेको गरेको केसीले बताउनुभयो ।

नेपाल एअरलाइन्सले भैरहवा-काठमाडाैं सेक्टरमा हवाई भाडा घटाएलगत्तै निजी क्षेत्रको सबैभन्दा ठूलो बुद्ध एअरले पनि आधाभन्दा बढी भाडा घटाएको छ । बुद्धले शनिबारदेखि विजया दशमीको दिन असोज १७ गते सम्मका लागि हवाई भाडा दर घटाएर दुई हजार ५०० कायम गरेको बुद्ध एअरका वरिष्ठ प्रबन्धक दर्शन घिमिरेले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?