Comments Add Comment

दसैं मनाउन गाउँ जाने चटारो (फोटो फिचर)

Dashain Gadi yatra (24)

१२ असोज, काठमाडौं । काठमाडौंमा बस्दै आएका धेरैलाई दसैं मनाउन घर फर्कने चटारो छ । आइतवारसम्म कम्तिमा १३ लाख मान्छे काठमाडौंबाट बाहिरिएका छन् । दसैंका लागि काठमाडौं छाड्नेहरुको संख्या ३० लाख पुग्ने अनुमान गरिएको छ ।

तर, सार्वजनिक यातायात चढेर दसैंमा घर जान सजिलो छैन । अनलाइनखबरको टोली कलंकी बसपार्क क्षेत्रमा पुग्दा यस्तै देखियो । कहि चारा सयको टिकट ६ सय ५० रुपैयाँ लिइएको छ भने केही मुढामा बसेर भएपनि जान बाध्य छन् । दुई जनालाई एउटै सिटको टिकट दिइएको समेत भेटियो ।

Dashain Gadi yatra (9)

टिकट नकाटेकाहरु कुनै बसमा सिट पाइएला कि लैजाला भन्ने आशमा सडक किनारमा कुरिरहेका भेटिए । उनीहरु बस नपाए ट्रक चढेर जान पनि तयार हुन्छन् ।

३० लाख पुग्ने अनुमान

आइतवारसम्म कम्तिमा १३ लाख मान्छे काठमाडौंबाट बाहिरिएका छन् । यो संख्या स्थलमार्गबाट सार्वजनिक सवारी साधान प्रयोग गर्नेहरुको हो । निजी साधनमा जानेहरुको संख्या पनि उल्लेख्य हुन्छ ।

निजी सवारी साधनमा जाने र हवाई मार्गबाट जानेहरुको समेत संख्या जोड्दा १५ लाख भन्दा बढि मान्छेले राजधानी छाडिसकेको यातायात व्यवसायी महासंघले जनाएको छ । दशैं मनाउन आ-आफ्नो जन्मथलो जानेहरुको संख्या यस वर्ष ३० लाख नाघ्ने अनुमान यातायात व्यवस्था विभागका अधिकारीहरुले गरेका छन् ।

Dashain Gadi yatra (7)

सरकारी कर्मचारी तथा अन्य जागिरेहरुले अझै राजधानी छाडेका छैनन् । असोज १४ र १५ गते सबैभन्दा बढि चाप हुने यातायात व्यवसायीले बताएका छन् ।

असोज १४ गतेपछि प्रायः सबै कार्यालयहरु बिदा हुने भएकाले त्यसपछि यात्रुको चाप बढ्नेछ ।

Dashain Gadi yatra (4) Dashain Gadi yatra (13) Dashain Gadi yatra (16) Dashain Gadi yatra (26) Dashain Gadi yatra (28) Dashain Gadi yatra (34) Dashain Gadi yatra (40) Dashain Gadi yatra (41)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment