Comments Add Comment

यू-१९ प्रिमियर ट्रफीका ३५ खेलाडी बन्द प्रशिक्षणमा बोलाइयो

१२ असोज, काठमाडौं । आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ प्रिमियर ट्रफी क्रिकेटका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शसहितको आधारमा खेलाडी छनोट गरिएको क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले जनाएको छ । टोलीमा राष्ट्रिय टोलीबाट समेत खेलिसकेका अविनाश कर्ण पनि परेका छन् ।

क्षेत्र नम्बर एकका निरज मुखिया, अंकित सुवेदी, अविनाश कर्ण र हेमन राई परेका छन् । क्षेत्र नम्बर २ का आशिफ शेख, पवन शर्राफ र ईर्साद अहमद छन् भने ३ का सुमित महर्जन, जितेन्द्र सिंह, आशिष धामी र आदिल खान छन् ।

क्षेत्र नम्बर ४ बाट शंकर राना, सौरभ खनाल, सन्दिप सुनार र कौशल भुर्तेल छन् भने ५ बाट प्रनित थापा, प्रनित थापा, रविन्द्र शाही, राजविर सिंह, अविनाश बोहरा र आकाश विष्ट तथा ६ बाट प्रेम तामाङ्ग, दिलिप नाथ, योगेन्द्र कार्की र अरुण ऐरी छन् ।

क्षेत्र नम्बर ७ का चन्दन झा र अनसज उपाध्याय तथा ८ का खेमराज पौडेल, सुशिल कँडेल, दिपेश श्रेष्ठ र केशव खत्री टालीमा पर्दा क्षेत्र नम्बरका ९ का राजु रिजाल, सुनिल धमला, दिपेन्द्र ऐरी र अर्जुन चापागाईंलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यू-१९ पि्रमियर ट्रफी नोभेम्बर ५ देखि १६ सम्म कुवेतमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment