Comments Add Comment

सभामुखले भने-सदन अवरुद्ध हुँदामात्र चारबुँदे थाहा भयो

१२ असोज, काठमाडौं । सभामुख सुवासचन्द्र नेवाङले सोमबारबाट संसद बैठक सुचारु गर्ने वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन् ।

चारबुँदे सहमति कार्यान्वयनको माग राख्दै एमाओवादीसहितका विपक्षी दलहरुले आइतबार पनि संसदको बैठक अवरुद्ध पारेका छन् ।

विपक्षी दलका सभासदहरुले उठेर विरोध गरेपछि सभामुख नेम्वाङले चारबुँदे सहमति गर्दा दलहरुले संसदलाई जानकारी नै नगराएको बताए । उनले भने-‘दलहरुबीच भएको भएको सहमतिबारे संसदलाई जानकारी नै भएन । दलहरुबीच विवाद भएछ, त्यो पनि थाहा भएन । जब बैठक अवरुद्ध भयो त्यसबेला मात्र थाहा भयो ।’

लगातारको संसद अवरोधका कारण विनियोजन विधेयकमाथिको छलफल प्रभावित भएको र मुलुक अफ्यारो अवस्थामा पुगेको भन्दै उनले बैठक सुचारु गर्ने वातावरण बनाउन सत्तारुढ र प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।

सभामुख नेम्वाङले दलका नेताहरुले पटक पटक संसदको अवरोध आज खुल्छ, भोलि खुल्छ भन्ने गरेको तर, अवरोध नटरहेको भन्दै यसलाई जनताले कसरी लिन्छन् भनी नेताहरुलाई नै प्रश्न गरे ।

संसद बैठक सोमबार ३ बजे बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment