Comments Add Comment

प्रचण्डको हठका कारण संविधान निर्माण आझेलमा : ज्ञवाली

१३ असोज, भक्तपुर । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले एमाओवादीका अध्यक्ष प्रचण्डको हठका कारण समयमा संविधान निर्माण प्रक्रिया ओझेलमा परेको बताएका छन् ।

फाइल फोटो
फाइल फोटो

रफत सञ्चार क्लव भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले संविधान निर्माणमा एमाओवादी अध्यक्ष प्रचण्ड बाधक बन्दै गएको बताए ।

उच्चस्तरिय राजनीतिक संयन्त्रको नेतृत्व लिने प्रचण्डको अडानका कारण राजनीतिक संकट लम्बिएको उनले बताए ।

विगतमा एमाओवादीकै कारण संविधान जारी हुन नसकेको भन्दै उनले अहिले पनि माओवादीले अवरोध गरेको बताए । विगतको गल्ती नदोहोरिने भन्दै उनले सहमति नभए गणितीय आधारबाटै भए पनि संविधान जारी हुने बताए ।

पार्टीमा अध्यक्ष ओलीलाई असफल बनाउन कसरत सुरु भएको टिप्पणी गर्दै सचिव ज्ञवालले अहिलेसम्म गरेका निर्णय वैधानिक भएको दावी गगरे । अध्यक्ष तानाशाह आरोपको खण्डन गर्दै उनले अनावश्यक आरोप र टिप्पणी गर्नु अलोकतान्त्रिक चरित्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment