Comments Add Comment

सरकारले तेलको मूल्य घटायो, ब्यापारीले पुरानै भाउमा बेचे

१४ असोज काठमाडौं । पेट्रोलियप पदार्थको मूल्य बढ्यो भने व्यवसायीहरु तत्काल बढेको मूल्य लिइहाल्छन् । मूल्य बढ्ने हल्ला सुन्नासाथ पेट्रोलपम्प बन्द गरेर बस्छन अनि पुरानो तेल नयाँ भाउमा बेच्छन् ।

तर, सरकारले तेलको मूल्य घटाउँदा भने ब्यपारी नयाँ कायम भएको मूल्यमा तेल बेच्न अटेर गरे । मंगलबार बिहानदेखि पेट्रोलपम्प पुगेका उपभोक्तालाई उनीहरुले पुरानै बढेको भाउमा तेल बेचे ।

सरकारले स्वचालित मूल्य लागू गरेको १६ घन्टासम्म व्यवसायीहरुले पत्र नआएको भन्दै उपभोक्तालाई पुरानै मूल्य लिए । पम्पमा पुगेका सार्वधारणले मूल्य घटेको छैन भनेर सोध्दा उनीहरु पत्र नआएको भन्दै पुरानो मूल्य नै लिइरहेका थिए । उपभोक्ता भने यसलाई वैधानिक ठगी कराइरहेका थिए ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले सरकारको दिउँसो सरकारको पत्र आएपछि मंगलबार दिउँसो तीन बजेदेखि नयाँ मूल्य लागू भएको बताए । ‘अब उपभोक्ताले नयाँ मूल्यमै पेट्रोलियम पद्धार्थ पाउँछन्’ उनले अनलाइनखबरसँग भने ।

सरकारी घोषणा अनुसार पेट्रोलमा साविकको भन्दा प्रतिलिटरमा १ रुपैयाँ ४४ पैसा मुल्य घटेको छ भने डिजेलमा २७ पैसा घटेको छ । यसअघि उपभोत्ताले पेट्रोलमा १ सय ३४ रुपैयाँ ५० पैसा र डिजेल र मट्टतिेलमा १ सय ५ रुपैयाँ २० पैसा तिर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment