Comments Add Comment

गुगलका पूर्व कर्मचारीले बनाए पोर्न-सर्च इन्जिन

boddygo

इन्टरनेट जायन्ट गुगलका एक पूर्व कर्मचारीले पोर्न सामाग्रीका पारखीहरुका लागि लक्षित गरी नयाँ इन्टरनेट सर्च इन्जिन निर्माण गरेका छन् ।

गुगललका पूर्व कर्मचारी समेत रहेका कोलिन रोनट्री सहितको समूहले बूडिगो Boodigo नामक एडल्ट सर्च इन्जिन निर्माण गरेको हो ।

वेस्टल्याण्ड डट कम नामक पोर्न साइटका संस्थापक समेत रहेका कोलिनको समूहले निर्माण गरेको नयाँ एडल्ट सर्च इन्जिन सुरु भएको छोटो समयमै निकै लोकपि्रय भएको छ ।

बोडिगोको अपरेटिङ सिस्टम निर्माण गर्न अमेरिकाको लस एन्जल्सको प्रविधि कम्पनी 0x7a69 सँग झण्डै एक वर्षसम्म सहकार्य गरिएको थियो । यो सर्च इन्जिनमा यस्तो सफ्टवेयर छ जसले अन्य मूलधारका सर्च इन्जिनले नकारेका लिंकहरुलार्य समेत प्राथमिकीकरण गर्छ ।

गुगल र बिंगले एडल्ट उद्योगका एडल्ट सामाग्रीहरुलाई हटाउँदै लगेको र त्यो निकै निरासाजनक रहेको भन्द रनट्रीले भने, ‘यदि कसैले गुगलमा गएर ओरल सेक्सको भिडियो हेर्न खोज्यो भने गुगलले विकिपेडियाको आलेख तथा कोही मानिसको सल्लाहको सामाग्री देखाउँछ । यदि आफुले चाहेको हेर्न पाएपनि त्यो चोरी गरिएको सामाग्री हुन्छ ।’

गुगललको तथ्यांक अनुसार इन्टरनेटमा पोनोग्राफी निकै लोकपि्रय बन्दै गएको छ । गुगलमा खोजिने सामाग्रीमध्ये पोर्न सामाग्रीको खोजीले ८० प्रतिशत ओगट्ने गरेकेा छ ।

बुडिगोमा दोहोरो प्रमाणिकरण प्रक्रिया रहेको र यसले खोजी गरिएका सामाग्रीहरु देखाउँदा आधिकारिक सामाग्री देखाउने दाबी यसका संस्थापकको छ । साथै बुडिगोले प्रयोगकर्ताको पहिचान समेत गोप्य राख्नेछ । यसले प्रयोगकर्ताको व्यक्तिगत सूचना चोर्नका लागि कुनैपनि संकेतको प्रयोग नगर्ने दाबी उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment