Comments Add Comment

अनिश थापा लिगलिगे राजा चयन

१५ असोज, गोरखा । पर्वतका अनिश थापा यस वर्षको लिगलिगे राजा चयन भएका छन् ।

चेपेघाटदेखि लिगलिगसम्म निर्धारित १३ दशमलव २ किलोमिटर दौड दौडेर उनी पाँचाैं लिललिगे राजा चयन भएका हुन् । राजा चयन भएपछि अनिशलाई श्रीपेच लगाइएको छ ।

थापाले अहिलेसम्मकै कीर्तिमान कायम गरेर ५६.४३ मिनेटमा १ सय ९ जना प्रतिस्पर्धीलाई जित्न सफल भए । थापालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले श्रीपेच लगाएर राजा बनाएका हुन् ।

श्रीपेचसँगै थापाले ५० हजार नगद पुरस्कार प्रदान गरेको आयोजक संस्था लिगलिग विकास अभियानका अध्यक्ष अनिल थापाले जानकारी दिए । पाँच वर्षदेखि भारतीय सेनामा कार्यरत थापालाई स्थानीयले पञ्चैबाजाले स्वागत गरेर लिगलिग कोट घुमाएका थिए ।

प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले ५९.०२ मिनेटमा दौड पार गरेर दोस्रो भए । उनलाई २५ हजार २ सय नगद पुरस्कार प्रदान गरिएको थियो । नेपाली सेनाका राजन खत्रीले ६०.०४ मिनेटमा दौड पूरा गरेर तेस्रो भए । उनलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

महिलातर्फको पाँच किलोमिटर लिगलिगे दौडमा सन्तोषी श्रेष्ठ पहिलो भइन् । सङ्गीता खड्का दोस्रो र अनिशा श्रेष्ठ तेस्रो भए । उनीहरुलाई क्रमशः १० हजार एकसय एक, पाँच हजार ५० र तीन हजार ३० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment