Comments Add Comment

बाहुन र दलितको जमरा एकै ठाउँमा

jamara१५ असोज, नुवाकोट । यस वर्षको बडादसैँको जमरा बेलकोट गाविसको वडा नं ३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राहृमण, क्षेत्री, मिजार, विश्वकर्माले संयुक्त रूपमा जमरा राखेर उमारिरहेका छन् ।

यस वर्ष मन्दिरमा एक सय ६० परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढीमा रहेको मन्दिरमा बाहुनदेखि दलितसम्मको जमरा राखिएको पूजा सञ्चालन समितिका अध्यक्ष कालीबहादुर तिवारीले जानकारी दिए । ‘पुस्तौंदेेखिको चलनअनुसार गाउँलेले सामूहिक जमरा राखेका हुन्’ तिवारीले भने-‘जमरा राख्दा यो जात ऊ जात भन्ने चलन छैन ।’

सामूहिक जमरा राख्ने परम्पराले गाउँमा जातीय विभेद कम गराउन भूमिका खेलेको दलित अधिकारकर्मी बद्री मिजारले बताए ।

मन्दिरमा सामूहिक जमरा राख्ने परम्परा पृथ्वीनारायण शाहको पालादेखि रहँदै आएको बुढापाकाहरुले बताउने गरेका छन् । शाहकै पालादेखि मन्दिरमा बडादसैँ र अन्य पर्व पूजा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको छ ।

तर आजभोलि गुठी जग्गाबाट कुतबाली उठ्न छाडेपछि पूजा सञ्चालनमा निकै कठिनाई पर्दैआएको गाविसका निवर्तमान गाविस अध्यक्ष वासुदेव कडुवालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment