१६ असोज, नुवाकोट । स्थानीय शान्ति समिति खानीगाँउले गाविसमा रहेका गरिब तथा पिछडिएका परिवारलाई दसैं मनाउन आवश्यक सामागि्र सहयोग गरेको छ ।
विभिन्न तथ्याङ्कको आधारमा गाविसमा रहेका आर्थिक अबस्था कमजोर भएका २८ घर परिवारलाई कबिर १५ सय रुपैयाँको खाद्य सामाग्री सहयोग प्रदान गरेको छ ।
दसैं मनाउनको लागि अािर्थक अबस्था कमजोर भएकाहरुलाई १५ किलो चामल, ३ किलो चिउरा, १ लिटर तेल, आधा किलो जिरा, आवश्यकता अनुसार गरम मसला लगायतका सामाग्री प्रदान गरेको स्थानीय शान्ति समिति खानीगाँउ संयोजक मोहन राईले जानकारी दिनुभएको छ ।
दसैंको लागि सामागि्र वितरण संयोजक राई र पूर्व संयोजक रामधन ढकालले गर्नुभएको थियो । सामागि्र वितरणमा शान्ति समितिका पदाधिकारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको रुपमा यादवप्रसाद पाण्डे, नारायण धमला, नरहरी पाण्डे, विबेक ढकाल लगायतको सहभागिता रहेको थियो ।
कपिलदेव खनालबाट