Comments Add Comment

नेपालगन्जमा धुमधामका साथ बकर इद मनाइंदै

आरपी सुवेदी

edd-1
२० असोज, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) नेपालगन्जको इदगाह मस्जिदमा सामुहिक नमाज पढेर एक आपसमा शुभकामना साटासाट गर्दै मनाइएको छ ।

बकर इदको रौनकले नेपालगन्जको चहलपहल बढाएको छ । तिर्थाटन र बलिदानको पर्वको रुपमा मनाइने यो पर्व यसपटक हिन्दु समुदायको बडादशैको त्रयोदशीका दिन परेकोले हिन्दु समुदाय आफ्नो मान्यजनबाट टीका थाप्ने क्रम जारी छ भने मुस्लिम समुदायका व्यक्तिहरु विहान इदगाहमा सामूहिक नमाज पढेर आ-आफ्नो पर्व मनाउन तल्लिन छन् ।

नेपालगन्जको विपिचोकमा रहेको इदगाह मस्जिदमा इस्लाम धर्मावलम्बीहरुले मुलुकमा शान्ति अमनचैन र विभेद रहित संविधानको माग गर्दै सामुहिक नामज पढेर एक अर्कासित अंगालो मार्दै मनाउन शुरु गरेका छन् । सोमबार विहान सवा ९ बजे उनीहरुले इदगाह मस्जिदमा जम्मा भएर समुहिक नमाज पढेका थिए ।

edd-2

यो पर्व तीन दिनसम्म सोमबारदेखि बुधबारसम्म मनाईने यो पर्व हज र कुर्वानी (वलि) गर्नुपर्ने प्रमुख विषेशता रहेको बकरईदमा ईस्लाम धर्मावलम्बीहरुका लागि हज र कुर्वानी अनिबार्य भएकोले मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु वलि कुर्वानी दिने प्रचलन रहेको आन्तर धार्मिक सञ्जालका सह संयोजक तथा मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरीले जानकारी दिए ।

नेपालगन्जमा बकरईदको लागि कुर्वानी (वली) दिन हजारबढी पशुहरु ल्याईएको अनुमान छ । मुस्लिम समुदायले यो पर्वमा राँगा, खसी बाख्रा, भेडा, उटको कुर्वानी दिने चलन छ । कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँड्नै पर्ने चलन रहेको मदरसा दारुल उलुम बरकातिया माध्यामिक विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नूरानी बताउँछन ।

ईस्लामिक तारिक हिजरी संवत १४३५ जिलहिज्जा (महिना)को १० तारिकबाट शुरु हुने सो पर्व मनाउनको लागि सोमबार विहानैदेखि नेपालगन्जको वीपी चौकस्थित रहेको इदगाह मस्जीदमा नेपालगन्ज र आसपासका ग्रामीण क्षेत्रबाट आएका मुश्लिम धर्माबलम्बीहरुको घुइँचो देखिन्थ्यो । उनीहरुले एक आपसमा बकरीदको अवसरमा ‘इद मुबारक’भन्दै एक आपसमा अँगालो मारिरहेका देखिन्थे ।
edd-3 edd-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment