Comments Add Comment

छविको ‘लज्जा’का चुनौती र शिल्पाको भविष्य

silpa-and-chabi
निर्माता छविराज ओझाका लागि ‘लोफर’ पछि ‘लज्जा’ चुनौतीको रुपमा छ । कात्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमालाई साहरुख खान र दीपिका पादुकोण जस्ता बलिउडका सुपरस्टारहरुको सिनेमा ‘ह्याप्पी न्यू इयर’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अर्कोतिर, नेपाली चलचित्र ‘स्टूपिड मन’ पनि छविका लागि टाउको दुखाइको बिषय बनेको छ ।

नायिका रेखा थापाविना उनले नयाँ हिरोइन लिएर बनाएको चलचित्र ‘लोफर’ले हावा खाएपछि ३० लाख उठाउन ‘लज्जा’ले मद्दत गर्ने आशा उनलाई छ । मोडल शिल्पा पोख्रेललाई हिरोइन बनाएर छविले रिस्क त मोलेका छन् नै, रेखाभन्दा माथिकी नायिका भनेर बोल्दै पनि हिडेका छन् । छविले ‘लज्जा’ लगतै शिल्पालाई लिएर ‘हवल्दार सुन्तली’ पनि बनाइसकेका छन् भने अब ‘लज्जा २’ मा पनि मोडलबाट हिरोइन बन्ने बाटोमा लागेकी शिल्पामाथि लगानी गर्दैछन् ।

नवल नेपालको निर्देशनमा बनेको यो सिनेमाको व्यापारले छवि र शिल्पाको केमेष्ट्री कसरी अगाडि बढ्छ भन्ने देखाउँछ । यसैले पनि उनका लागि यो सिनेमा चुनौतीमा छ । अर्कोतिर, छविको ब्यानरमा एकलौटी हावी हुदै गएकी शिल्पालाई ‘लज्जा’ चलेन भने असफल नायिकको ट्याग भिर्नुपर्नेछ । व्यवसायी छविले असफल हिरोइनलाई आफ्नो क्याम्पमा राख्छन् भन्ने अड्कल कमैले मात्र गर्न सक्छन् । यसैले पनि ‘लज्जा’ शिल्पा र छवि दुबैका लागि आशातित छ । चलचित्रमा नायक आर्यन सिग्देल मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment