Comments Add Comment

डोटीको बस दुर्घटनामा एकै गाविसका १९ को मत्यु

२१ असोज, डोटी । डोटीको छतिवनमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । दुर्घटनामा एउटै गाउँका १९ जनाको ज्यान गएपछि जिल्लाको सरस्वतीनगर शोकमा डुबेको छ ।

कैलालीको अत्तरीयास्थित पद्मा अस्पतालमा उपचाररत डोटी सरस्वतीनगरका ३१ वर्षीय डिल्लीराज जोशीको मंगलबार निधन भएको छ ।

दुर्घटनामा परी २७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जनाको उपचारका क्रममा ज्यान गएको हो ।

डोटीको जोरायलबाट कैलालीको धनगढीका लागि छुटेको ना ३ ख ५७०७ नम्बरको बस छतिवन गाविस ५ कट्कटे भन्ने ठाउँमा सोमबार दुर्घटना भएको थियो ।

एकै गाउँका १९ जनाको निधन

दुर्घटनामा ज्यान गुमाउने १९ जना सरस्वतीनगर गाविसका छन् । यो जोरायल नजिकैको गाविस हो ।

सरस्वतीनगर-१ का शकुन्तला मल्ल, वडा नं २ का भागरथी ओझा, हरिना ओझा, बसन्ती ओझा, पत्रकार कर्णबहादुर शाही, राजेन्द्र शाही, चत्रबहादुर विक, डेढ वर्षका रोहित बोहोरा, चत्रबहादुर विकको दुर्घटनामा मृत्यु भएको छ ।

त्यस्तै वडा नं ३ का शान्ति मल्ल, वडा नं. ४ का दानबहादुर साउद, वडा नं. ५ का रेवन्तदीप खडायत, पद्मा जोशी र वडा नं. ६ का भूमिराज भण्डारी, कृष्णराज भण्डारीको पनि दुर्घटनामा ज्यान गएको छ ।

सरस्वतीनगर-८ का नेपाली सेनामा कार्यरत नवराज भट्ट, जानकी भट्ट, टेकराज भट्ट, उनकी पत्नी पशुपति भट्ट र वडा नं ९ का हरि कठायतको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment