Comments Add Comment

एमाले बहुपहिचानबाट पछि हटेको नारायणकाजीको आरोप

२१ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले आफ्नो अडानमा पछि हटेकाले सहमति बन्न नसकेको आरोप लगाएका छन् ।

Narayan-Kaji-2संविधान निर्माणमा एमाओवादी लचिलो भए पनि कांग्रेस आफ्नो अडानमा कायमै रहेको र एमाले पछि हटेकाले सहमति हुन नसकेको श्रेष्ठले बताए ।

‘संविधानका अन्तरवस्तुमा अहिलेसम्म सहमति हुन सकेन । नेपाली जनताका लागि यो ज्यादै पीढा र चिन्ताको विषय हो’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

दलहरु सम्झौताका लागि तयार हुनुपर्ने भन्दै उनले कांग्रेस र एमाले सहमतिका लागि तयार नभएको बताएका छन् ।

कांग्रेसको अडान

एमाओवादी उपाध्यक्ष प्रकाशले कांग्रेसले ६ प्रदेश र प्रकृति झल्कने नामको अडान लिएको बताए । उनका अनुसार शासकीय स्वरुपमा पनि संसदबाट प्रधानमन्त्री निर्वाचित हुने वेष्ट मिनिष्टर प्रणाली कांग्रेसको प्रस्ताव छ ।

‘एमाले ढुलमुलियो’

एमालेको संघीघ संरचनाको प्रस्ताव कांग्रेसको जस्तै भएको भन्दै एमाओवादी उपाध्यक्ष प्रकाशले लेखेका छन्-‘चुनावी घोषणा पत्रमा आफैंले प्रतिवद्धता व्यक्त गरेको बहुपहिचानलाई छाडेको र शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पहिलेको मान्यतामा ढुलमुलिन थालेको छ ।’

एमाओवादीले १० देखि १४ प्रदेश र बहुपहिचानयुक्त नाम तयार भएको उनले बताए ।

उपयुक्त भूगोल छुट्याएर १० प्रदेश बनाए नामाकरणको जिम्मा प्रदेश सभालाई दिन सकिने भन्दै उनले सम्वन्धित प्रदेशको जनता र प्रतिनिधिसँग छलफल गरेर उनीहरु तयार भएमा संख्या घटाउन सकिने माओवादीको प्रस्ताव रहेको बताएका छन् ।

शासकीय स्वरुपमा समेत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जान तयार रहेको उनले बताए ।

यसअघि एमाओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनु पर्ने अडान लिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment