Comments Add Comment

प्रक्रियामा गए संविधानसभा छाडेर सडकमा जान्छौं : एमाओवादी सचिव

२२ असोज, काठमाडौं । एमाओवादीका सचिव बर्षमान पुन अनन्तले बहुमतको आडमा प्रक्रियाबाट संविधान जारी गर्न खोजे संविधानसभा छाडेर सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

barsaman-punरिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने-प्रक्रियामा जाने अवस्थामा हाम्रो लागि संविधानसभा सहायक हुन्छ, सडक प्रधान हुन्छ । हामीलाई पनि ३५ लाख जनताले भोट दिएका छन । यसको अपमान सहिदैन ।’

संघीयतामा एमाले र काग्रेस लचिलो भए शासकीय स्वरुपमा आफूहरु लचिलो हुन तयार रहेको उनले बताए । शासकीय स्वरुप, राज्यको पुनःसंरचना, न्यायप्रणाली र निर्वाचन प्रणालीमा सहमति हुनै पर्ने भन्दै उनले भने- अन्य विषयमा प्रक्रियाबाट जान हामी तयार छौ ।’

उनले २२ दलको आन्दोलन दवावको लागि मात्रै भएको समेत स्पष्ट पारे ।

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस र एमालेले खल्तीबाट झिकेर ल्याएको खाका र प्रक्रियाबाट जारी गरेको संविधान कुनै पनि हालतमा स्विकार्य नहुने बताए ।

प्रक्रियामै जाने भए किन समितिहरु बनाएको भनी प्रश्न गर्दै उनले स्वायत्त मधेसप्रदेशसहितको ८ बुँदे सम्झौता नमाने जनताले मनाउने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment