+
+
Shares

सिटिजन्स बैंकले बर्दियाको सोनाश्रीमा शाखा खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १८:२६
IMG_9894 (2)२३ असोज काठमाडौं । सिटिजन्स बैंकले बर्दियाको सानोश्रीमा नयाँ शाखा सुरु गरेको छ । बाढीले आक्रान्त भएको बर्दिया जिल्लामा साउनको ३१ गतेबाट कारोबार आरम्भ गरे पनि आजबाट पूजापाठ गरि विधिवतरुपमा कारोबार संचालन गरेको  हो ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुजापाठ गरि शाखा आरम्भ गरे। सानोश्रीमा शाखा खोलेर सिटिजन्स बैंकले जनतामा उत्साहको अलिकति भएपनि संचार प्रवाह गरेको पोखरेलले बताए ।
सानोश्रीमा शाखा संचालनमा ल्याउने सिटिजन्स बैंक पहिलो निजि क्षेत्रको वाणिज्य बैंक भएको छ ।
देशको १४ अञ्चलमा फैलिएका यस बैंकको ४७ वटा शाखा,  ४० वटा एटिएम काउन्टर र २०३ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवा दिंदै आएको छ । बैंकले करिब ३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?