अटवा । क्यानाडाको राजधानी अटवास्थित नेपालीहरुको संगठन नेपलिज क्यानेडियन एशोसिएसन अफ अटवाले असोज १८ गते साँझ विभिन्न साँस्क्रितिक कार्यक्रमसहितको शुभकामना आदान प्रदान गर्दै बडा दसैं मनाएको छ ।
नेपाली क्यानेडियनहरूको संगठन अटवाका तर्फबाट आभा सत्यालको स्वागत मन्तव्य र क्यानडाका लागि कार्यबाहक नेपाली राजदूत श्री दिलिप पौडेलको शुभकामना मन्तव्यबाट कार्यक्रमको सुरूवात गरिएको थियो । कार्यक्रममा भाषा स्कुलका विद्यार्थीहरुले भगवती दुर्गाको भजनगाएर र अम्विका सुवेदीले क्लासिकल गाना भवानिको बन्दना गाएर सबैलार्इ मन्त्र मुग्ध बनाएका थिए । विभिन्न साँस्क्रितिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्यहरु, गायन र प्रहसनहरू प्रदर्शन गरिएका थिए । कार्यक्रममा क्यानडाका लागि नेपाली राजदुतावासका कर्मचारीहरूका सम्पूर्ण कर्मचारीका साथ अटवामा बसोबास गर्ने नेपालीहरुको उपस्थिति थियो ।
कार्यक्रममा प्रणिता गौतम, मिनिह्याटका सुयोग केसी, रिषव चौधरी, रिया चौधरी, चिराग कार्की, अभ्नी बिष्टले नृत्य प्रस्तु गरेका थिए । कुन्ती मोक्तानको “भन्छन् कोही जिन्दगी यो” भन्ने गीतमा सुचिता, प्रतिभा, सुजिता र सरिताको सामूहिक नृत्यले सहभागिलार्इ मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रममा अटोवा चौतारीका सम्पादन मण्डलका तर्फबाट शालिग्राम अर्यालले मन्तव्य राखेका थिए । फिप्टी फिप्टी ड्रका विजयीहरूलार्इ कार्यवाहक राजदूत दिलिप पौडेलले पुरस्कार वितरण गरेका थिए ।
सुरेन उप्रेतीबाट
प्रतिक्रिया 4