Comments Add Comment

प्रचण्डको नेतृत्वमा प्रधानमन्त्री बस्नु लाज्जास्पद : आचार्य

२४ असोज, काठमाडौं । संविधानविद्ध निलाम्बर आचार्यले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड नेतृत्वको गठित उच्चस्तरीय राजनीतिक समितिमा प्रधानमन्त्री सुशील कोइराला सदस्य बस्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

Nilambar acharyaअन्तरिम संविधानलाई कुल्चिएर वाफदेहिता विहीन सस्थाको रुपमा समिति गठन गरिएको भन्दै उनले त्यसमा प्रधानमन्त्रीले हस्ताक्षर गर्नु र त्यसको सदस्य भएर बस्नु लज्जास्पद भएको बताए ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा आचार्यले भने-‘प्रधानमन्त्री प्रमुख प्रतिपक्षी दलको नेताले अध्यक्षता गरेेको समितिमा बस्नु भनेको कानुनी शासनको खिल्ली उडाउनु हो । संवैधानिक अंगहरुलाई कमजोर बनाउनु हो ।’ विगतलाई देखाएर फेरि गल्ती गर्ने काम भएको भन्दै उनले यसले मुलुकलाई संविधान नदिने बाटोमा उन्मुख गराएको बताए ।

निर्वाचन परिणामको हैसियत विपरित समिति गठन भएको भन्दै उनले प्रधानमन्त्रीले पार्टी र संसदमा दुवैमा जवाफ दिनुपर्ने बताए ।

अघिल्लो संविधानसभामा संवैधानिक समितिको सभापति समेत रहेका आचार्यले संघीयता र शासकीय स्वरुपमा कुनै पनि विवाद नभएको दावी गरे । संविधानसभाबाट संविधान आउन नदिने खेल भएको भन्दै उनले भने-संविधानसभाभित्र रहेका दलहरुले बाहिर रहेका दलहरुसँग कार्यगत एकता गर्नु संविधान नल्याउने खेल हो । यसलाई अरु दलले बुझ्न सकेनन ।’

दल र सरकार अदालतलाई अवहेलना गरेर संविधानमाथि हुन खोजेको भन्दै उनले माघ ८ गते संविधान आउने ठोकुवा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment