Comments Add Comment

कांग्रेस संसदीय दलको बैठक आज, विवादित विषयमा छलफल हुने

congress-flag२५ असोज, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठकमा दलहरुबीच रहेका संविधानका विवादित विषयमा छलफल गर्ने तयारी कांग्रेसले गरेको छ ।
शुक्रबारका लागि बोलाइएको बैठक विशेष कारणले स्थगित भएपछि उक्त बैठक आज बस्न लागेको हो ।

संसदीय दलको बैठकमा आवश्यक छलफल हुन नसकेको भन्दै सभासद्हरुले बैठक बोलाउन आग्रह गरेका थिए । शुक्रबार बोलाइएको बैठक एक्कासी स्थगित हुँदा कांग्रेस सभासदहरुले आपत्ति प्रकट गरेका छन् ।

आजको बैठकमा संविधान निर्माण प्रक्रिया, दलहरुबीच रहेका विवादित विषय, सहमतिका लागि पार्टीले चाल्नुपर्ने कदमका बारेमा सभासद्हरुसँग सुझाव लिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment