माइक्रोसफ्टका मुख्य कार्यकारी अधिकृत (सीइओ) सत्या नडेलाले महिला कर्मचारीबारे गरेको टिप्पणीप्रति माफी मागेका छन् ।
उनले महिलाहरुलाई भनेका थिए कि तलब बृद्धिको माग गर्नुको साट्टा व्यवस्थामा विश्वास गर्नु पर्नु पर्छ । प्रविधिमा महिलाको योगदानबारे भएको गोष्ठीमा उनले भनेका थिए–महिलाले यदि तलव बृद्धिको गर्दैनन भने यो राम्रो काम हो ।’
कार्यक्रममा नै मारिया क्लावेले उनको जवाफ खारेज गरेकी थिइन् । उनी नडेला सीइओ रहेको माइक्रोसफ्टमा काम गर्छिन् ।
तर, नडेलाको टिप्पणीको सामाजिक सञ्जाल ट्विटरमा निकै आलोचना भयो । उनले ट्वीट गर्दै आफूले आफ्नो कुरा राम्रोसँग राख्न नसकेको बताएका थिए ।
अब आफ्ना कर्मचारीहरुलाई इमेल लेखेर माफी मागेका छन् । उनले भनेका छन्–मारियाले मलाई तलव बृद्धिको माग नगर्ने महिला कर्मचारीहरुलाई सल्लाह दिन भनेकी थिइन् तर, मैले गलत जवाफ दिएँ ।’
उनले महिला र पुरुषलाई समान तलव हुनु पर्नेमा आफ्नो समर्थन रहेको बताएका छन् । उनले भनेका छन्–‘महिलालाई जब लाग्छ कि मेरो तलव बृद्धि हुनुपर्छ, उनीहरूले माग गर्नुपर्छ ।’
प्रतिक्रिया 4