Comments Add Comment

प्रभु बैंकले १० कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर दिने

Prabhu-bank

२५ असोज, काठमाडौं । प्रभु बैंकले १० कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर दिने भएको छ ।

किष्ट बैंक, प्रभु विकास बैंक गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स गाभिएर प्रभु बैंक बनेपछि बसेको विशेष साधारण सभाले हकप्रद शेयर निष्काशनको निर्णय गरेको हो ।

हकप्रद शेयर निष्काशनपछि हालको चुक्ता पूँजी ३ अर्ब २० करोड ८८ लाख ८५ हजारबाट बढेर ३ अर्ब ५२ करोड ९७ लाख ७३ हजार ५ सय पुर्‍याउने बैंकले जनाएको छ ।

साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने तथा खरीद गर्ने सम्बन्धी निर्णय गर्ने अभिकारी संचालक समितिलाई दिएको नायब प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रभु बैंकको हाल ११२ शाखा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment