Comments Add Comment

गाउँमा घाँस दाउरा गर्दै रेजिना

Rejina
काठमाडौं । कुनै समयकी बोल्ड हिरोइन अहिले गाउँमा घाँस दाउरा गरेर बसेकी छिन् भन्दा अचम्म लाग्न सक्छ । अचम्म मान्नु पर्दैन । नायिका रेजिना उप्रेतिले यसपालीको दसैं घाँस दाउरा गरेरै बिताइन् ।

‘घर नजिकै पँधेरो रहेछ, गाग्री बोकेर पँधेर गँए, भैसीलाई घाँस पनि काटें ।’ उनले अनुभव सुनाइन् । गजुरीमा जन्मिएकी रेजिनाले गाउँको अनुभव पहिलो पटक संगालेकी हुन् । ‘माटोले लिपेको घरमा बस्दा छुट्टै मज्जा आउँदो रहेछ ।’ उनले भनिन् ।

बेलायतमा बस्दै आएका धादिङ ढोलाका सुरज पोखरेलसँग बिबाह गरेकी रेजिनाले पहिलो पटक लामो समय गाउँ बसेकी हुन् । रेजिनाले आफुलाई गाउँले मोहनी लगाएको बताइन् । ‘गाउँ कति रमाइलो छ म शब्दमा ब्यक्त गर्न सक्दिन ।’ उनले भनिन् ।

टेलिचलचित्र ‘चेतना’मा गाउँले युवतिको चरित्र निर्वाह गरेकी रेजिनाले केही सिनेमामा गाग्री बोकेर पँधेर गएको भुमिका निर्वाह गरेपनि रियलको मज्जा रिलमा नभए जस्तो लाग्यो उनलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment