+
+
Shares

खुमबहादुरसँग वार्ता गर्न राप्रपा नेपालको टोली तयार

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १८:३०

khum-and-kamal२६ असोज, काठमाडौं । हिन्दु राजतन्त्र पुनर्वहालीको माग गर्दै आएको राप्रपा नेपालले हिन्दु राज्य पुनःस्थापनाको अभियान शुरु गरेको सत्तारुढ कांग्रेसको खुमबहादुर खड्का समूहसँग वार्ता र सहकार्य गर्ने भएको छ ।

राप्रपा नेपालको आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले कांग्रेस नेता खुमबहादुर खड्का, चीरञ्जीवी वाग्ले, तारानाथ रानाभाटलगायतको हिन्दु सनातन धर्म संघर्ष समितिसँग वार्ता गर्न टोली गठन गरेको छ ।

राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर बिष्टको संयोजकत्वमा गठित ९ सदस्यीय वार्ता टोलीमा जनार्दन आचार्य, गणेश थापा, ऋषिबाबु परियार, सीता लुईटेल, राकुमार सुब्बा, पवित्रा सुब्बा श्रेष्ठ लगायत छन् ।

यो समितिले हिन्दु राज्यका पक्षधर कांग्रेस नेताहरुसँग सहकार्यको लागि छलफल गर्ने भएको हो । कांग्रेसको यो अभियानमा खुमबहादुुर खड्का, चिरञ्जीवी वाग्ले, तारानाथ रानाभाट, पूर्णकुमार शेर्पा लिम्बु, मार्शलजुलम शाक्य लगायतका नेताहरु छन् ।

धर्मगुरुसँग मिलेर आन्दोलन घोषणा

राप्रपा नेपालको कार्य सम्पादन समितिले आइतवारै हिन्दु धर्म संस्कृति सम्बद्ध संघ संस्थाका प्रमुखहरुसँग पनि संयुक्त बैठक गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई बताए ।

राप्रपा नेपालले पहिलो चरणमा हिन्दु राज्यका लागि कात्तिक ४ गते बसन्तपुरमा दबाब सभा गर्ने भएको छ । कात्तिक ७ गते गाईतिहारका दिन पार्टीको अगुवाइमा हिन्दु राज्यका पक्षमा हस्ताक्षर अभियान एवं गाईपूजा गरिने श्रेष्ठले बताए ।

राप्रपा नेपालको केन्द्रीय कार्यालयमा आइतबार बिहान बसेको संयुक्त बैठकमा ज्योतिष समाजका अध्यक्ष डा. लोकराज पौडेल, पूर्वराजगुरु एवं धर्मसभाका अध्यक्ष डा. माधवप्रसाद भट्टराई, हिन्दु राष्ट्र बचाऊ समितिका तारानाथ लुईटेल र जयसंगतका पुष्पराज पुरुषलगायत १८ संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।

राप्रपा नेपालले तिहारपछि दोस्रो चरणको आन्दोलनका क्रममा हिन्दु राज्यका लागि संविधानसभालाई चारैतिरबाट घेराउ गर्ने कार्यक्रम राखिएको श्रेष्ठले जानकारी दिए । आन्दोलनमा धर्मगरुहरु र खुमबहादुर खड्काको टिमलाई समेत साथै लिएर अघि बढ्ने राप्रपा नेपालले रणनीति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?