Comments Add Comment

सीमा अपराध नियन्त्रण गर्न नेपाल-भारतका अधिकारी सहमत

Nepal-India-meet

२६ असोज, बिराटनगर । सीमा क्षेत्रमा हुने अपराध एवं दशगजा क्षेत्रको सीमा अतिक्रमण रोक्ने लगायतका निर्णय गर्दै नेपाल-भारत संयुक्त जिल्लास्तरीय समन्वय बैठक आइतबार बिराटनगरमा सम्पन्न भयो ।

सुनसरी र मोरङका सुरक्षा प्रमुख एवं भारतको अररिया जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा ६ घण्टासम्म चलेको बैठकले सीमानामा हुने अपराधलाई नियन्त्रण गर्न संयुक्त पहल थाल्ने निर्णय गरेको छ ।

बैठकले सीमा स्तम्भ मर्मतसम्भार गर्ने, लागुऔषध ओसार-पसार नियन्त्रण गर्ने, दसगजा क्षेत्रमा रहेका घर टहरा हटाउने र सीमा तस्करी नियन्त्रण गर्ने लगायतको सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए ।

बैठकपछि अयोजित संयुक्त पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनमा नेपालका सुनसरी, मोरङ र भारतको अररिया जिल्लामा हुने अपराधिक क्रियाकलापलाईर् नियन्त्रण गर्न दुई देशका अधिकारीले सूचनाको आदान-प्रदान गर्नेछन् ।

भारतको अररिया जिल्लाका जिल्ला प्रमुख नरेन्द्रकुमार सिंहले सीमा क्षेत्रमा हुने जुनसुकै खालका अपराध नियन्त्रण गर्न दुबै देशका सुरक्षा अधिकारीवीच जिल्ला स्तरमा सूचना आदान-प्रदान गरिने पत्रकार सम्मेलनमा बताए ।

मोरङ र सुनसरीमा भारतसँंग जोडिएको १ सय १६ किलोमिटर खुल्ला सीमा क्षेत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment