Comments Add Comment

संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति निर्वाचन

RAMBARAN-YADAV-&-PARMANANDA२७ असोज, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएको एक महिनाभित्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने भएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमवारको बैठकले संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्ने निर्णय गरेको हो ।

यो निर्णयपछि अब राष्ट्रपति र उपराष्ट्रपतिको पदावधिको अन्यौल अन्त्य भएको समितिका सभापति डा. बाबुराम भट्टराईले अनलाइनखबरलाई बताए ।

भट्टराईले भने-राष्ट्रपति कहिलेसम्म बहाल रहने भन्ने विवाद दलहरुबीच पनि चलिरहेका बेला समितिमा महत्वपूर्ण सहमति भएको छ, अब संविधान जारी भएको एक महिनाभित्र व्यवस्थापिका संसदले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्नेछ ।

संविधान अनुसार अर्को राष्ट्रपति नभएसम्म अहिलेकै राष्ट्रपति पदाधिकारमा रहने पनि भट्टराईले बताए ।

यसअघि कांग्रेस र एमालेबीच राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति कार्यन्वयन नभएपछि एमालेले असन्तुष्टि जनाउदै आएको थियो ।

अब माघ ८ मा संविधान जारी भएमा आगामी फागुन ८ भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । संवाद समितिको बैठक अपरान्ह पुनः बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment