Comments Add Comment

पूँजी अाेसार–पसार हुने गरी विदेशमा लगानीको ढोका खुल्दैन : गभर्नर खतिवडा

२७ असोज, अमेरिका । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले विदेशमा लगानी गर्ने सम्वन्धी कानून परिमार्जनको चरणमा रहेको बताएका छन् ।

न्यूयोर्कमा नेपाल अमेरिका पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर खतिवडाले उक्त कुरा बताएका हुन् । ‘यसरी लगानी गर्ने विषय संस्थागत लगानीका लागि मात्र हुनेछ’ खतिवडाले भने– ‘पूँजीको ओसार-पसार हुने गरी वैदेशिक लगानीको ढोका खोल्न भने सकिदैन् ।’

yubaraj-khatiwadaखतिवडाले विदेशमा बसेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र उद्यमशीलताको माध्यमबाट देश विकासमा सहयोग गर्न अग्रह समेत गरेका छन् ।

देशले विदेशी मुद्राको विषयमा खुकुलो नीति अंगिकार गर्दै गएको धारणा राख्दै खतिवडाले नेपालमा लगानीको वातावरण राम्रो भएकोले विदेशमा बसेका नेपालीहरुले नेपालमा लगानी गरेर लाभ लिनुपर्ने बताए ।

खतिवडाले एक प्रसंगमा नेपाल संघियतामा गईसकेपछि नागरिकले बढी कर तिर्नुपर्ने भएकाले तयार रहन सुझाव समेत दिए ।

खतिवडाको भनाई थियो– संघीय संरचनामा स्थापना हुने प्रशासनिक तथा अन्य सुरक्षा समेतको खर्च बढ्ने भएकाले त्यो खर्च जनताको करबाटमात्र पूर्ति हुन सक्ने भएकाले बढी कर तिनुपर्ने अवस्था आउन सक्छ ।

विकेन्द्रिकरण मुलुकका लागि आवश्यक रहेपनि क्षमता र सेवा सहजताको आधारमा निर्णय लिनुपर्ने सुझाव पनि खतिवडाले दिएका छन् ।

अमेरिका च्याम्वर अफ कमर्सका उपाध्यक्ष वेद खरेलले अमेरिकामा नेपाली व्यवसायीहरु साना तथा मझौला व्यवसायमा केन्द्रित रहेको बताए । उनले नेपालबाट पूँजी ल्याएर व्यवसायलाई विस्तार गर्न नसकिएकाले त्यसमा सरकारको खुकुलो नीति अपरिहार्य रहेको उनको भनार्इ थियो ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष वनिता कतिलाले देश विकासका लागि एनआरएनले नेपालको आर्थिक समृद्धिमा सहयोगी भूमिका खेल्ने अश्वसन दिए ।

नेजाका महासचिव भोला आचार्यले नेपालको आर्थिक समृद्धिमा विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्न चाहेकोले सरकार र सरकारको मातहतका निकायहरुले सजिलो र सहज वातावरण तयार पार्नुपर्ने बताए ।

नेजाका सदस्य मधुकर अधिकारीले नेपालको आर्थिक विकासमा देशभित्र मजवुत नीतिको आवश्यकता पर्ने भन्दै देशमा लगानी आकर्षित गर्न उपयुक्त नीतिको खाँचो रहेको बताए ।

कार्यक्रममा नेजाका क्षेत्रीय संयोजक भुपेन्द्र थापा, पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment