Comments Add Comment

माधव नेपालको निवासमा योग शिविर चल्ने

२७ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालको निवासमा योग शिविर सञ्चालन हुने भएको छ ।

नेपालको कोटेश्वरस्थित निवासमा मंगलबारबाट शिविर सञ्चालन गर्न लागेको पतंजली योग समिति बाग्मती अञ्चल कमिटीले जनाएको छ । शिविर कात्तिक १ गतेसम्म चल्नेछ ।

विहान सवा ५ बजेबाट साढे ६ बजेसम्म हुने योग शिविरमा नेपाल, उनको परिवार र टोलबासी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment