Comments Add Comment

सामागाउँमा घोडा दौडाउन प्रतिवन्ध

२७ असोज, गोरखा । तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तर दुर्गम सामागाउँमा घोडा दौडाउन निषेध गरिएको छ ।

युवाले जथाभावी गाउँभित्र घोडा दौडाउँदा बालबच्चा घाइते भएको भन्दै गाउँलेले घोडा दौडाउन रोक लगाउने निर्णय गरेका हुन् । गाउँलेको हालै सामागाउँमा बसेको भेलाले गाउँभित्र घोडा दौडाउन प्रतिबन्ध लगाएको स्थानीय मनास्लु युवा क्लबका अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।

छेवाङकाअनुसार सामागाउँमा दिनहुँ ५० भन्दा बढी खच्चड दौडाइँदै आइएको थियो । सामागाउँमा समथर चौर भएकाले घोडा घौडाउने गरिन्छ ।

प्रोक, ल्होलगायतका गाविसका स्थानीय पहुँचवालाले सामागाउँ ओहोरदोहोर गर्दा पनि घोडा चढेर पुग्ने गर्छन् । “युवाले साँझको बेला जथाभावी घोडा दौडाउँदा घरको आँगनमा खेलिरहेका बालबच्चा घाइते हुने क्रमः बढ्दै गयो,” स्थानीय बासिन्दा छेवाङ भनेका छन्-“गाउँ बाहिरका चौरहरूमा घोडा दौडाउन पाइन्छ । तर, गाउँ प्रवेश गरी दौडाए प्रतिव्यक्ति रु दुई हजार जरिवाना लिने निर्णय गरिएको छ ।”

पर्यटकको चाप बढ्दै गएको मनास्लु पर्यटन पदमार्गभित्र सामागाउँ पनि पर्छ । सामागाउँ पुगेका पर्यटकलाई स्थानीय सामागाउँ बजारमा खुलेका होटलले घोडा दौडको पनि सुविधा दिँदै आएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment