Comments Add Comment

चितवन दुर्घटना : मृतकको संख्या ४ पुग्यो

२८ असोज, चितवन । चितवनको फिस्लिङमा मंगलबार विहान ट्रक र कार ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

काठमाडौं लप्सीफेदीका सरोज तिवारी, ललिता तिवारी, साधुराम तिवारी र कार चालक सृजन पोख्रेलको मृत्यु भएको हो ।

साधुराम तिवारीको चितवन मेडिकल कलेजमा उपचार गर्दागर्दै र अन्यको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिए ।

काठमाडौं लप्सिफेदिकै आयुषा तिवारीको गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

ना ४ ख ४४१ नम्वरको ट्रक र बा ३ च ५५१६ नम्वरको कार चितवनको दारेचोक-९ फिस्लिङमा ठोक्किएका थिए । तीव्र गतिमा गएको कार विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

ट्रक चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment