Comments Add Comment

हिन्दु राज्यको वकालत गर्नु गलत : देउवा

२८ असोज, जनकपुरधाम । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले हिन्दूराज्यको पक्षमा वकालत गर्नु गलत भएका बताएका छन् ।

sherbahadur deubaपूर्वमन्त्री खुमबहादुर खड्कासहितका कांग्रेसका नेताहरुले हिन्दु राज्य घोषणा नभए आन्दोलन गर्ने धम्की दिइरहेका छन् । तर, वरिष्ठ नेता देउवाले भने कुनै पनि राज्यको कुनै धर्म नहुने बताएका छन् ।

जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा देउवाले राज्य पुनःसंरचनाबारे कांग्रेसले अघि सारेको छ वा ७ प्रदेशको विकल्प उचित भएको दावी गरे ।

उनले असन्तुष्ट पक्ष जनजाति, मधेसी र माओवादीलाई विश्वासमा लिएरै माघ ८ गतेभित्र नजयाँ संविधान जारी हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment