Comments Add Comment

नख्खु जेलको ‘सी ब्लक’ कैदी बन्दीको कब्जामा

Nakhu-jail

२९ असोज, काठमाडौं । विभिन्न माग राख्दै कैदी बन्दीले नख्खु कारागारको ‘सी ब्लक’ नियन्त्रणमा लिएका छन् । कैदी बन्दीहरुले झण्डै साढे २ सय कैदीबन्दी रहेको सी ब्लकको मूलगेटमा भित्रबाट ताला लगाएका कारण जेल प्रशासन भित्र जान सकेको छैन ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले पनि बन्दीहरुले तालाबन्दी गरेको पुष्टि गरे । उनले भने-‘सरुवा लगायतको माग गर्दै उनीहरुले गेटमा ताला लगाएका हुन् । जायज मागहरु सम्बोधनको प्रक्रियामा छ, भोलि खोलिन्छ ।’

कैदी बन्दीहरुले कारागार प्रशासनले जेलभित्र आफूहरुलाई दुःख दिएको आरोप लगाएका छन् । आन्दोलनमा उत्रिएका कैदी बन्दीले जेल प्रशासन, नाइके, भाइ नाइके लगायतले मनपरी रकम असुल्ने र कुटपिट गर्ने गरेको आरोप लगाएका छन् ।

‘कैदीबन्दीलाई बन्दक बनाएर पैसा असुल्ने र नदिए मार्ने धम्की दिएका छन्’ एक कैदीले भने-‘हामीले १६ जनालाई सरुवा गर्नुपर्ने माग राखेका छौं ।’
खाद्य सामाग्रीको चर्को रकम असुल्ने गरेको उनीहरुको आरोप छ । बाढीपीडितका लागि भन्दै कैदीबन्दीबाट २ लाख १० हजार उठाइएको तथा ललितपुरको इटीटोलमा फुटबलका लागि भन्दै आफूहरुसँग पैसा असुलेको उनीहरुले बताए ।

जेल प्रशासनले आफूलाई घरबाट पठाएको पैसा खोसेको र नदिँदा कुटेर आफ्नो कानको जाली फुटेको एक कैदीले बताए । कैदीबन्दीहरुले ब्लकको मूल गेटमा ताला लगाएर जेल प्रशासनविरुद्ध नाराबाजी गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment