+
+
Shares

हरियो खुर्सानीको मूल्य बढ्दा काँक्रोको घट्यो

हरियो खुर्सानीको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ बढ्दा काँक्रोको मूल्य भने घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १२:२८

२३ वैशाख, काठमाडौं । स्थानीय बजारमा हरियो खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार हरियो खुर्सानीको मूल्य बढेको देखाएको हो ।

बजारमा हरियो खुर्सानी र हरियो खुर्सानी बुलेटको मूल्य बढेको छ । हरियो खुर्सानीको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ भने हरियो खुर्सानी बुलेटको मूल्य ३० रुपैयाँ बढेको छ ।

आज मंगलबार हरियो खुर्सानीको मूल्य किलोको ८५ रुपैयाँ कायम छ । सोमबार हरियो खुर्सानी प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो । यस्तै हरियो खुर्सानी बुलेट सोमबार ५५ रुपैयाँमा किनबेच भएकोमा आज किलोको ८५ रुपैयाँ पुगेको छ ।

घट्यो काँक्रोको भाउ

आज लोकल काँक्रोको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ र हाइब्रिड काँक्रोमा १० रुपैयाँ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार काँक्रोको भाउ घटेको देखाएको हो ।

बजारमा लोकल र हाइब्रिड गरी दुई प्रकारका काँक्रो पाइन्छ । आज लोकल काँक्रोको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ र हाइब्रिड काँक्रोमा १० रुपैयाँ घटेको छ ।

सोमबार लोकल काँक्रो प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएकोमा आज मंगलबार किलोको ४५ रुपैयाँ कायम छ ।

यस्तै हाइब्रिड काँक्रो प्रतिकिलो २५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो भने हाइब्रिड काँक्रो किलोको ३५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?