+
+
Shares
टेलिभिजन :

राजु मास्टर टिभी सिरियल ‘जुठे’बाट बाहिरिए

यसअघि केही समय ‘जुठे’को निर्माण रोकिएको थियो । त्यतिबेला, राजु मास्टर र बल्छीधुर्वेबीच मनमुटाव भएको चर्चा थियो । यद्यपि, यी दुईले सार्वजनिक थलोमा चर्चाको खण्डन गर्दै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १२:२२

काठमाडौं । हास्यकलाकार राजु मास्टर टिभी श्रृंखला ‘जुठे’बाट बाहिरिएका छन् । सामाजिक संजाल पोस्टमार्फत उनले यसबारे जानकारी दिएका हुन् । उनले यो श्रृंखलामा मरिचमान श्रेष्ठ ‘बल्छीधुर्वे’सँग मिलेर लेखन, निर्देशन र अभिनय गर्दै आएका थिए ।

उनले यो सिरियलमा गोथे नामक पात्रको भूमिका निर्वाह गरेका थिए ।

उनले लेखेका छन्, ‘ जुठे सिरियलको एक पात्र अझै भनौं, साना साना भाइबहिनीहरूको र बुढाबुढी भएका बा आमाहरूको अनुहारमा हाँसो छर्ने एक पात्र (गोथे।) । गोथेको यात्रा जुठेमा भने अब टुङ्गिएको छ । आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण कलाकारज्यूहरू र भगवान रुपी दर्शकहरुलाई मुरीमुरी धन्यवाद दिन चाहेँ ।’

उनी अघि लेख्छन्, ‘जुठेमा गोथे खोज्ने सबै मेरा सानासाना भाइबहिनीहरू र गोथे मन पराउने सम्पूर्ण दर्शकहरुसँग क्षमा माग्न चाहेँ ।
किनकि अब जुठेमा गोथे हुने छैन । आगामी नयाँ भागहरूको लागि जुठे परिवारलाई शुभकामना ।’

राजुले सिरियलबाट हात झिकेपनि बल्छीधुर्वेले निरन्तरता दिने भएका छन् । यसबारे अनलाइनखबरसँग कुरा गर्दै राजु मास्टरले अहिले चलिरहेको सिरियल ‘सकस’मा फोकस हुन आफूले ‘जुठे’ छाडेको बताए ।

‘दुईतीनतिर हात नहालौं भनेर छाडेको हुँ । एउटै मात्र सिरियलमा केन्द्रित भएर कथा राम्रो बनाउनुपर्छ भन्ने लाग्छ । म अब सकसमै फोकस हुन्छु’ उनले भने । आफूले सकसलाई प्राथमिकता दिएको पनि उनले बताए ।

यसअघि केही समय ‘जुठे’को निर्माण रोकिएको थियो । त्यतिबेला, राजु मास्टर र बल्छीधुर्वेबीच मनमुटाव भएको चर्चा थियो । यद्यपि, यी दुईले सार्वजनिक थलोमा चर्चाको खण्डन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?