+
+
Shares

सञ्जय दत्तको भूमिकामा रणवीर

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३० गते १८:५४

sanjaya-datta-and-ranavir

मुम्बइ । सञ्जय दत्तको जीन्दगीमा आएको उतार-चढाबवाट निर्देशक राजकुमार हिरानी यति प्रभावित छन कि सञ्जयमाथी फिल्म बनाउने तयारीमै जुटेका छन् ।

मुम्बइवाट प्रकाशित ‘मुम्बइ मिरर’ ले उल्लेख गरे अनुसार राजकुमारको यस फिल्ममा सञ्जय दत्तको भुमिका रणवीर कपुरले निर्वाह गर्ने भएका छन् ।
यही विषयमा कुरा गर्दै रणवीरले भनेका छन- ‘यो मेरो लागि निकै ठुलो चुनौति हो । म दर्शकलाई आशावादी हुन आग्रह गर्छु, सञ्जय सरको भुमिकामाथी न्याय गर्ने प्रयाश गर्ने छु ।’

राजकुमार र सञ्जय पुराना मित्र हुन् । राजकुमारकै फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ले सञ्जयको डुब्दो करिअरलाई उठाएको थियो । राजकुमार सञ्जयलाई लिएर सोही फिल्मको तेस्रो श्रृङ्खला ‘मुन्नाभाइ चले अमेरिका’ निर्माण गर्न चाहन्थे । तर, सञ्जयदत्त जेल गएपछि उनको फिल्म निर्माणको योजना तुहिएको थियो ।

सञ्जय राजकुमार निर्देशित प्रदर्शोन्मुख फिल्म ‘पीके’ मा छोटो भुमिकामा अमिर खानको साथमा देखिदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?