+
+
Shares

अजय देबगण निर्देशक बने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १०:०७

Ajay-devgan
मुम्बइ । भारतीय अभिनेता अजय देबगणले फिल्म निर्देशन गर्ने भएका छन् ।
अजयले आफैले नायकको भूमिका खेल्ने फिल्म ‘शिबाय’ निर्देशन गर्ने भएका छन् । यो फिल्ममा नायिकको भुमिका पुरानी अभिनेत्री सायराकी भाइकी छोरी सायशा देखिने भएकी छिन् ।
१७ वषिर्य सायशाकी आमा शाहीनले पनि ९० को दशकमा केही फिल्ममा अभिनय गरेकी थिइन् । तर, उनले अभिनयलाई निरन्तरता दिन सकिनन् । सायशाकी बुबा सुमित सहगल पनि पुराना अभिनेता हुन् ।
अजयको निर्देशन रहने यो दोस्रो फिल्म हो । यसअघि उनले ‘यु लभ मी और हम’ निर्देशन गरेका थिए । जुन फिल्ममा उनकी श्रीमति काजोलले अभिनेत्रीको भुमिका निर्वाह गरेकी थिइन् ।
अजय भन्दा अघि नै शाहरुख खान, आमिर खान, सलमान खान लगायतले प्रोडक्सन हाउस सुरु गरिसकेका छन् । शाहरुख र सलमान प्रोडक्सनमा सिमित रहेपनि आमिरले आफ्नै ब्यानरमा ‘तारे जमीन पर’ निर्देशन गरेका थिए । जुन फिल्मवाट अमिरले राम्रो प्रसंसा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?