Comments Add Comment

अन्डरवर्ल्डको धम्कीपछि साहरुखले किने वमप्रुफ कार

srk-new-car
बलिउडका केही कलाकारलाई यतिबेला अन्डरवल्र्डले धम्की दिइरहेको छ । अन्डरवर्ल्डका रवी पुजारीले साहरुख खानका साथी अली मोरानीको घर बाहिर केही महिना अगाडि फाइरिड गरेका थिए । यसलगतै साहरुखको रेड चिल्ली कम्पनीमा धम्कीसहित फोन आएको थियो ।
यही कुरालाई मध्यनजर राख्दै साहरुखले नयाँ कार किनेका छन् । यो कारमा यदि कसैले बम हमला गर्छ भने, भित्र बसेका मानिसलाई केही पनि असर गर्दैन । बमपु्रफ यो कार किनेसागै साहरुखले आफ्नो सुरक्षा बढाएका छन् । यो कार बमपु्रफ मात्र नभई मर्सिडिजको विकसित मोडल पनि हो । यो कार भीभीआइपीका लागि मात्र तयार गरिन्छ । यो मोडलको कार भारतका केही चुनिएका व्यक्तीसाग मात्र छ । साहरुखले निर्माण तथा अभिनय गरेको चलचित्र ह्याप्पी न्यू इयर आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment