+
+

ढाेरपाटनमा सिकारको दर दुई वर्षमा दोब्बर

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १२:४९

Dhorpatan-Hunting-2
३१ असोज, बागलुङ । ढोरपाटन सिकार आरक्षमा बर्सेनि सिकारको दर बढ्दै गइरहेको छ । विदेशीका लागि आकर्षक गन्तव्यका रूपमा चिनिने ढोरपाटन सिकार आरक्षमा सिकार खेलेबापत राज्यलाई तिर्नुपर्ने राजस्वको दरमा वृद्धि हुँदै आएको हो ।

सिकारी पनि बढ्दै गएको र आरक्षमा सिकारी पठाउने एजेन्सीको बढ्दो प्रतिस्पर्धाका कारण राजस्व पनि बढेको आरक्ष कार्यालयले जनाएको छ । दुई वर्षअघिको तुलनामा यो वर्ष दोब्बरले सिकारको दर बढेको छ ।

दुई वर्षअघि एक झारल वा नाउरको सिकार गरेमा प्रत्येक सिकारीले अधिकतम एक लाख ८७ हजार रुपैयाँदेखि न्यूनतम एक लाख ६० हजार रुपैयाँ तिर्ने गरेकामा गत वर्ष अधिकतम तीन लाख २० हजार रुपैयाँदेखि न्यूनतम एक लाख ६५ हजार रुपैयाँ तिरेका थिए । सिकारको दर यो वर्ष फेरि बढेको छ ।

यो वर्ष प्रतिझारलको अधिकतम रु चार लाख एक हजारदेखि न्यूनतम रु दुई लाख ७७ हजार र नाउर अधिकतम रु तीन लाख २५ हजार ५०० देखि न्यूनतम रु  दुई लाख ७१ हजार राजस्व वृद्धि भएको जानकारी आरक्ष कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले दिए ।

यो वर्षको पहिलो सिकार याम यही असोज १६ गतेबाट सुरु भइसकेको छ । सिकार खेलेबापत तिर्नुपर्ने राजस्वको दर बढेसँगै आरक्षको आन्तरिक आय पनि बढ्दै गएको छ । ‘सिकारी पठाउने सिकार एजेन्सी पनि बढी भए, उनीहरूबीचमै प्रतिस्पर्धा छ जसका कारण सिकारको दर पनि बढ्दै गएको छ’-अधिकृत श्रेष्ठले भने-“वर्षैपिच्छे राजस्व दर बढ्दो क्रममा छ, सिकारीको आकर्षण पनि बढेकै छ ।’

सिकारबापतको राजस्व दर कायम गर्ने र सिकारका लागि अनुमति दिने काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्ने गरेको छ । विभागको अनुमतिपत्र लिएर ब्लक संरक्षण गराई सिकारका लागि विदेशीलाई २१ दिनको समय दिइने व्यवस्था छ ।

चालु आर्थिक वर्षको पहिलो सिकार याम सुरु भएपछि विदेशी तालिम प्राप्त सिकारी आरक्षमा पुग्न सुरु गरेका छन् । यो याममा छ देशका सिकारीले नाउर र झारलको सिकार गर्ने आरक्ष कार्यालयले जनाएको छ ।

पहिलो यामको सिकार मङ्सिर १० गतेसम्म चल्नेछ । विभागले पहिलो यामका लागि १४ नाउर र आठ झारलको सिकारका लागि कोटा निर्धारण गरेको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए । सिकारका लागि अमेरिका, रसिया, जर्मन, साउथ अपि|mका, नर्वे र ल्याटभियाका पेसेवर सिकारी ढोरपाटन पुग्दैछन् ।

पहिलो यामका लागि नेपाल वाइल्ड लाइफ एड्भेन्चर प्रालि, हिमालयन सफारी प्रालि, ट्रयाक एन्ड टे्रल्स प्रालि, नेपाल वाइल्ड लाइफ सफारी र ग्लोबर हन्टिङ सफारी नामक सिकार एजेन्सीले सिकारी पठाउन लागेका हुन् ।

विद्युतीय बोलपत्र आहृवान (इबिडिङ) मार्फत छनोटमा परेका एजेन्सीले सिकारी पठाउने गरेका छन् । सिकार अनुमति लिएका सिकारीले यस याममा सेङ, गुस्तुङ, फागुने, बार्से र दोगाडी ब्लकमा सिकार खेल्ने छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?