Comments Add Comment

कठालोमा समातेर पछार्ने अवस्था नआओस् : अशोक राई

३१ असोज, काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले एमाले र कांग्रेसलाई जनताले कठालोमा समातेर पछार्ने दिन अब धेरै बाँकी नरहेको बताएका छन् ।

ashok-raiखुल्लामञ्चमा आयोजित २२ दलको विरोधसभामा नेता राईले भने-‘००७ सालको क्रान्तिले राणाहरुलाई पछार्‍यो, ०४६ सालको आन्दोलनले पञ्चायतलाई पछार्‍यो, ०६२/०६३ को आन्दोलन र माओवादी जनयुद्धले राजालाई पछार्‍यो, अब हुने आन्दोलनले कांग्रेस र एमालेलाई कठालोमा समातेर पछार्ने अवस्था नआओस् ।’

संविधानसभाबाट संविधान नआए सडकबाटै संविधान बन्ने चेतावनी दिँदै राईले भने- ‘कांग्रेस र एमालेलाई जनताले कठालोमा समातेर पछार्ने दिन अब धेरै दिन बाँकी छैन ।’

कार्यक्रममा मोर्चाका नेता परशुराम तामाङले संसद छाडेर सडकमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment