Comments Add Comment

जीवनको लागि दौडमा सुशिला र विकास पथम

१ कात्तिक, काठमाडौं । प्रगती शिक्षाकी सुशिला खड्का र स्वर्ण शिक्षाका विकास तामाङ ‘जीवनको लागि दौड’ भन्ने मुल नाराका साथ आयोजित दौड प्रतियोगितामा प्रथम भएका छन् ।

५ किमीको दौडमा छात्रा तर्फ खड्काले २६ मिनट ०८.९ सेकेन्डमा पुरा गरिन् भने छात्र तर्फ तामाङले दुरी पुरा गर्न २१ मिनट २६.१ सेकेन्डको समय लगाए ।

प्रतियोतिगामा छात्रातर्फ गोकर्ण हायर सेकेन्डरी स्कुलकी सिता कार्की दोश्रो र त्रि पद्यम स्कुलकी कल्पना तेश्रो भइन् । छात्रतर्फ गोकर्ण हायर सेकेन्डरीका मनिष राई दोश्रो र वल्र्ड युथ ईन्टरनेशनलका संजीव श्रेष्ठ तेश्रो भए ।

नेपाल एथलेटिक्स संघ र सेभ द चिल्ड्रेन इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगिताका विजयी प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई नगद १० हजार, ८ हजार र ५ हजार प्रदान गरिएको छ ।

गरिबी र कुपोषणका कारण हुने ५ बर्ष मुनीका बाल मृत्युदरलाई हटाउन सचेत गराउने उद्धेश्यका साथ आयोजना गरिएको दौडमा काठमाण्डौका १७ सरकारी स्कुलका करिव १ हजार बालबालिकाले सहभागिता जनाएका थिए ।

दौड त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई जमल, केशरमहल, दरवारमार्ग, रत्नपार्क, भद्रकाली, शहिदगेट हुंदै पुनः दशरथ रङ्गशालामा आएर टुङ्गएिको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment