Comments Add Comment

बल्खुमा नेताले भने – प्रचण्डले चाहे संविधान बन्छ

Top-leader

१ कात्तिक, काठमाडौं । नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा कांग्रेस, एमाले र एमाओवादीले एकअर्कालाई लचिलो बन्न आग्रह गरेका छन् ।

दसैंतिहार लगायतका चाड पर्वको अवसरमा एमालेले शनिबार बल्खुमा गरेको चियापान कार्यक्रममा को लचिलो बन्ने भन्नेमा नेताहरुले जुहारी खेलेका हुन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले १२ बुँदेदेखि शान्ति सम्झौता, संविधानसभा हुँदै हतियार बुझाउँदै आफू लचिलो भएको भन्दै अब कांग्रेस र एमाले लचिलो हुनुपर्ने बताए ।

सँगै रहेका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भने आन्दोलल फिर्ता लिएर सहमतिका लागि लचिलो हुन प्रचण्डलाई आग्रह गरे ।

संविधान बन्छ त भन्ने प्रश्नमा एमाले नेता माधवकुमार नेपालले हामीलाई होइन प्रचण्डलाई सोध्नुस् भने । प्रचण्डतिर देखाउँदै उनले भने-‘उहाँले चाहनुभयो भने संविधान बन्छ, चाहनु भएन भने बन्दैन ।’

माधव नेपालले बोलिहँदा प्रचण्डले रोकेर भने-मैले गर्नुपर्ने र सक्ने गरिसकेँ, कांग्रेस र एमालेले अहंकार र अडान त्यागेर लचिलो हुनुपर्छ ।’

यसअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सहमतिको वातावरण बन्दै गएको बताए ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले माघ ८ मा सहमतिबाटै संविधान बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment