+
+
Shares

जागिरको प्रलोभन देखाई ठगी गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १ गते १६:३२

१ कात्तिक, महोत्तरी । जागिर लगाइदिने प्रलोभन देखाएर रकम ठगी गर्दै हिँड्ने एक युवकलाई महोत्तरीको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको हत्तिसर्वा-२ का ५० वषर्ीय सत्यनारायण यादव पक्राउ परेका हुन् । विभिन्न व्यक्तिसँग जागिरको प्रलोभन देखाएर रकम ठगी गर्दै आएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय गौशालाले यादवविरुद्ध ठगी मुद्दा चलाएको छ ।

जागिर लगाइदिन्छु भन्दै अभियुक्त यादवले महोत्तरीका ११ जनाभन्दा बढी व्यक्तिसँग जनही ३० हजार लिएर ठगी गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश सुवेदीले जानकारी दिए । महोत्तरीको श्रीपुर-२ का सञ्जित अधिकारीलगायतले यादवविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई गौशाला बजारबाट प्रहरीले पक्राउ गरेको हो ।

आफू पाजोस एग्रो फोरेस्ट्री प्लानटेसन प्रालिको अध्यक्ष रहेको र यसमा जागिर लगाइदिन्छु भन्दै यादवले प्रतिव्यक्ति ३० हजारका दरले रकम सङ्कलन गरेका थिए ।

यादवले जागिर पाएपछि महिनाको १५ हजार दिने, जागिरबाट अवकाश पाएपछि ४० लाख दिने भनि प्रलोभनमा पारी ठगी गरेको सञ्जिव यादवले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?