Comments Add Comment

ट्रिपरले किचेर राप्रपा नेपालका युवा नेताको मृत्यु

१ कात्तिक, काठमाडौं । राजधानीको तीनकुनेमा शनिबार साँझ ट्रिपरले किच्दा राप्रपा नेपालका प्रचार विभाग सदस्य वासुदेव दाहालको निधन भएको छ ।Basudev Dahal
बा २९ प ७७३५ नम्बरको मोटरसाइकलमा सवार दाहाललाई ट्रिपरले किच्दा घटनास्थलमै मृत्यु भएको राप्रपा नेपालका नेता मोहन श्रेष्ठले अनलाइनखबरलाई बताए । दाहालको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ ।
सोलुखुम्बु घर भई काठमाडौंमा बस्दै आएका दाहाल कमल थापा नेतृत्वको राप्रपा नेपालको प्रचार विभागमा आवद्ध थिए । पत्रकारसँग राम्रो सम्बन्ध रहेका र प्रंचार विभाग हेर्ने दाहाल आफैं पनि पत्रकारिता पृष्ठभूमिका व्यक्ति हुन् । उनले विगतमा रेडियो नेपालको घटनाविचार लगायतमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment