Comments Add Comment

ताप्लेजुङमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

sanchar२ कात्तिक, ताप्लेजुङ । विपद् व्यवस्थापनका लागि ताप्लेजुङमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला तत्काल उद्दार, राहत लगायतका काम गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा केन्द्रको स्थापना गरिएको हो । आगलागी, बाढी, पहिरो, भुकम्प लगायत बिपतका सूचना समयमै आदानप्रदान गर्न केन्द्रमा अत्याधुनिक सञ्चारसेट समेत जडान गरिएको छ । केन्द्रमा चौबिसै घण्टा सेवा सञ्चालनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका २/२ जना कर्मचारीहरु खटिएका छन् ।
युएनडिपीको सहयोगमा गृह मन्त्रालयले सञ्चार सेटसहित विभिन्न उपकरण दिएको निमित्त प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले जानकारी दिए । भिएचएफ र युएचएफ प्रविधि जडान गरीएको कारण बिपत्तिबाट जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा पनि यसले काम गर्ने गृह मन्त्रालयका साखा अधिकृत दयाराम श्रेष्ठले जानकारी दिए । गृह मन्त्रालयले ४० औँ जिल्लाको रुपमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र ताप्लेजुङमा स्थापना गरेको हो । यो वर्ष भित्र ८ वटा जिल्लामा स्थापना गर्ने लक्ष रहेको श्रेष्ठको भनाई छ  ।
सन् २०१० देखि स्थापना गर्न थालिएको केन्द्रलाई ७५ वटै जिल्लामा पुर्‍याउने मन्त्रालयको योजना रहेको छ । सन् २००६ मा गरिएको अध्ययनका आधारमा जोखिमको स्तरको मापन गरी जिल्लाहरुमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो ।
रविन भट्टराईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment