+
+
Shares

लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा स्रष्टालाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते ९:५२

२ कात्तिक, झापा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्म जयन्तीको अवसर पारेर अखिल नेपाल लेखक संघ र क्रान्तिकारी पत्रकार संघ झापाले एक स्रष्टालाई सम्मान गरेको छ ।
झापाको विर्तामोडमा शनिबार आयोजित उक्त स्रष्टा सम्मान तथा शुभकामना आदान-प्रदान कार्यक्रमका नेपाली साहित्य एवं समाजमा पुर्‍र्याएको योगदानको उच्च मूल्यङ्कन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ यज्ञ प्रसाईलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ट साहित्यकार चुडामणि रेग्मीले सम्मानपत्र एवं दोसल्ला ओडाएर सम्मान गरेका थिए । नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीले सम्मानित व्यक्ति प्रसाइको परिचय गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका झापा अध्यक्ष भीम नेम्बाङ्ग, प्रगतिशील लेखक संघका झापा अध्यक्ष कमल गुँरागाई, एमाओवादी झापाका इञ्चार्ज राजु आचार्य (अग्नी) लगायतले सम्मानित व्यक्तिलाई बधाई दिर्दै नेपालमा साहित्य क्षेत्रमा खासै परिर्वतन नपाइएको बताएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?