Comments Add Comment

आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

फाइल तस्वीर
फाइल तस्वीर

२ कात्तिक, काठमाडौं । पाँच बर्षसम्मका बालबालिकालाई आज देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । जन्मेको ६ महिनादेखि पाँच वर्ष सम्मका करिब ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र ति मध्ये एक वर्षदेखि पाँच वर्ष सम्मका २९ लाख २१ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज छुटेका बालबालिकालाई भने भोली खुवाइनेछ ।
दुई दिनसम्म खुवाइने कार्यक्रम रहेकाले आफुलाई पायक पर्ने ठाउँमा गएर खुवाउन  बालस्वास्थ्य महाशाखाले आहृवान गरेको छ । आज बिहानैदेखि सबै जिल्ला, नगरपालिका तथा गाउँ विकास समिति अन्तरगतका प्रत्येक वडामा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको छ ।
जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउन देशभर करिबा ५३ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् । नेपालमा भिटामिन ‘ए’ कार्यक्रम सन्चालन भएपछि वर्सेनि १२ हजार बालबालिका अकालमा हुने मृत्युबाट जोगिएको स्वास्थ्य मन्त्रालायले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment