Comments Add Comment

रेडपाण्डाको छालासहित दुईजना पक्राऊ

redpanda ko chhala sahit pakrau२ कात्तिक, काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दुई जनालाई काठमाडौंको बालाजुबाट प्रहरीले पक्रेको छ ।

रसुवाको यार्सा गाविस-१ का शेर छुवाङ तामाङ र नुवाकोट चौघडा गाविस-७ का रामशरण भन्ने सिताराम राईलाई महानगरी अपराध महाशाखाको टोलीले पक्रेको हो ।

छाला बिक्रीको लागि हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा बालाजु माछापोखरीबाट तामाङ र राईलाई प्रहरीको विशेष टोलीले पक्रेको महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार दिएको जानकारी अनुसार उनीहरुको साथबाट कालो, खैरो र रातो रङ्गको खुट्टा, टाउको, दाँत तथा नङग्रा समेत भएको रेडपाण्डाको छाला चारथान बरामद भएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाईएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment